८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

८ बर्ष नाघेको मुद्दा शून्यमा झार्ने प्रधानन्यायाधीश राउतको घोषणा 


प्रकाशित: विहिवार, ८ फागुन २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन ।


बिहीबार सर्वोच्च बार एसोसिएसनको ५१ औं स्थापना दिवसको अवसरमा प्रधानन्यायाधीश राउतले २०८२ साल असार मसान्तभित्र ती मुद्दाहरुलाई शून्य बनाउने बताएका हुन । 


उनले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरू हजारौंको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको उल्लेख गरे। 


पाँच वर्ष नाघेका मुद्दाहरू समेत २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखिएको उनले बताए । सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको छ । 


उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरूमा सशक्त टिप्पणी गर्न समेत कानून व्यवसायीहरूलाई आग्रह गरेका छन ।


उनले कानून बनाउँदा कानून व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानून बन्ने गरेको बताए ।

 

20 Ferbury 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex