११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

युक्रेनका राष्ट्रपति जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप


प्रकाशित: विहिवार, ८ फागुन २०८१, ०९ः३५ बजे
- महानगरखवर

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई तानशाह भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन । 


जेलेन्स्कीले युद्धबारे रूसले फैलाएको भ्रममा ट्रम्प पनि परेको भनेर अभिव्यक्ति दिएपछि ट्रम्पले जेलेन्स्कीलाई तानशाह भनेका हुन ।


’चुनावबिनाको तानाशाह जेलेन्स्कीले छिटो कदम चाल्नु राम्रो हुन्छ नत्र उनीसँग देश बाँकी रहने छैन,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।


ट्रम्पको उक्त अभिव्यक्तिको युरोपेली राष्ट्रप्रमुखहरू र अमेरिकी डेमोर्क्याटहरूले आलोचना गरेका छन ।


ट्रम्पले रूसविरूद्ध कहिल्यै जित्न नसक्ने युद्ध लडेको र त्यसका लागि खर्च गर्ने भनेर अमेरिकासँग ३५० अर्ब डलर मागेको भनेर जेलेन्स्कीलाई सफल कमेडियनको संज्ञा पनि दिएका छन ्।


ट्रम्पले भने देशभित्र लोकप्रियता घटेका कारण जेलेन्स्कीले चुनाव गराउन नचाहेको बताएका थिए ।  उनले जेलेन्स्कीको लोकप्रियता चार प्रतिशत मात्रै भएको बताएका थिए ।


यद्यपि किभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीको सर्वेक्षणले भने युक्रेनमा जेलेन्स्कीको लोकप्रियता ५७ प्रतिशत रहेको देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।


ट्रम्पले यसअघि युक्रेनलाई रूसविरूद्धको लडाईंमा अमेरिकाले गर्दै आएको सहायता र आगामी दिनहरूमा पनि सहयोग गर्नका लागि त्यहाँ रहेको आधा खनिज दिनुपर्ने प्रस्ताव राखेका थिए ।


त्यसलाई जेलेन्स्कीले ठाडै अस्वीकार गरिदिएका छन ।

 

20 Ferbury 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex