५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८१ हुने


प्रकाशित: बुधवार, ७ फागुन २०८१, १०ः५५ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा पहिलो पल्ट राष्ट्रिय घर निर्माण फेस्ट–२०८१ (महोत्सव) हुने भएको छ । 


स्किल सेवाले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यान्क्वेटमा १५, १६ र १७ महोत्सवको आयोजना गर्ने भएको छ ।


नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ महोत्सव आयोजना हुन लागेको आयोजकको भनाइ छ ।


स्किल सेवाका अनुसार महोत्सवको प्रमुख उद्देश्य नागरिकलाई घर निर्माण सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु रहेको छ ।


कम्पनीका अनुसार कार्यक्रम मार्फत कम्पनीले घर निमार्ण गर्दा खर्च कम गर्ने उयायहरूको बारेमा बताउने छ जसमा कस्तो खालको सिमेन्ट, इटा, डन्डी, ग्लास, टाएल्स् प्रयोग गर्नेबारे पनि सिकाउने छ ।


साथै लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधिदेखि फ्लोलिङ र समापनसम्मको स्टेप–बाइ–स्टेप जानकारी गराइने आयोजकले जनाएको छ ।

 

19 Ferbury 2025, Wednasday

asteriskhubs
Home Page Bottom Second


maharjan complex