काठमाडौं । सानिमा बैंकले ‘सानिमा फ्लेक्सी फन्ड’ नामक म्युचुअल फन्डमा लगानी आवेदन खुलेको छ ।
खुलामुखी योजना अन्तर्गत कम्पनीले कुल १० करोड इकाइ फन्ड निष्कासन गर्न लागेको हो । जसमध्ये ४ करोड इकाइ पहिलो चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुला हुन लागेको हो ।
न्यूनतम १ सय र अधिकतम ४० लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
अंकित मूल्य १० रुपैयाँ रहने फन्डमा छिटोमा फागुन ११ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । खुलामुखी योजना भएकाले यसको कुनै अवधि हुँदैन । इकाइ खरिद गर्न चाहेको जुनसुकै बेला व्यवस्थापक सानिमा क्यापिटलमार्फत खरिद गर्न सकिन्छ ।
त्यस्तै दोस्रो बजारमा पनि कारोबार हुँदैन । यद्यपि लगानी गर्नेले बाहिरिन चाहेका बेला कोष व्यवस्थापक क्यापिटललाई नै फन्ड बिक्री गरी बाहिरिन सक्छन् । बाहिरिँदा न्याभअनुसारको मूल्य पाइन्छ ।
18 Ferbury 2025, Tuesday
Categorized in बैंक