१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक अगाडि, निक्षेपमा नेपाल इन्भेस्टमेन्ट मेगा 


प्रकाशित: सोमवार, ५ फागुन २०८१, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।


एसोसिएसनका अनुसार सात महिनामा यो बैंकले ४० अर्ब रुपैयाँ कर्जा बढाएको छ । धेरै कर्जा प्रवाह गर्नेमा पनि यो बैंक पहिलो स्थानमा छ ।


चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा वाणिज्य बैंकहरु मध्ये यस बैंकले कर्जा विस्तार गर्न सफल भएको हो ।

 
माघ मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगर, निक्षेप धेरै बढाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ । ७ महिनामै सो बैंकको निक्षेप संकलन ४० अर्ब बढेको छ ।


एनआईसी एसिया बैंकको भने निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको छ । सात महिनामा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड घटेको छ ।


चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन् ।


एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 


माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

 

17 Ferbury 2025, Monday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex