३० श्रावण २०८३, शनिबार
Header

नेपाललाई दिने संघीयता र जैविक विविधताको अनुदान ट्रम्प प्रशासनले रोके 


प्रकाशित: सोमवार, ५ फागुन २०८१, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अन्तर्गत रहेको एलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी’ (डीओजीई) ले नेपालमा संघीयता र जैविक विविधता शीर्षकमा आउने अनुदान रोकेको छ ।


संघीयता शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ) र नेपालमा जैविक विविधता संरक्षण अन्तरगत दिन लागिएको १९ मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ) बराबरको सहयोग रोकेको हो ।


विभिन्न मुलुकहरुमा अघिल्लो प्रशासनले अनुदान स्वरुप दिन लागेको रकमहरुको सूची सार्वजनिक गर्दै तिनलाई रोकिएको भनेको छ ।


त्यो सूचीमा नेपालमा पनि दुई शीर्षकमा गर्न लागिएको खर्च रद्द गरिएको जानकारी दिइएको छ ।


सूचीमा कम्बोडिया, सर्बिया, बंगलादेश, भारत, माली, दक्षिण अफ्रिका, इजिप्ट लगायतका देशमा दिन लगाएको अनुदान पनि रद्द गरिएको उल्लेख छ ।


अमेरिकाको ४७ औं राष्ट्रपतिमा नियुक्त भएलगत्तै डोनाल्ड ट्रम्पले चुनावी अभियानमा महत्त्वपूर्ण सहयोग गरेका स्पेश एक्सका सञ्चालक समेत रहेका मस्कलाई डीओजीईको प्रमुख नियुक्त गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex