काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
गएराति करिब साढे ९ बजेतिर प्लेटफर्म नम्बर १३ र १४ मा मानिसहरुको अध्याधिक चापको कारण भएको भागदौडमा उक्त घट्ना भएको बताइएको छ ।
अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या हुँदा केही यात्रु बेहोस भागदौड मच्चियो समाचार एजेन्सीहरुले उल्लेख गरेका छन।
अर्को तर्फ प्लेटफर्म नम्बर १४ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भएपछि यात्रुहरु त्यतैतर्फ जानका लागि तछाडमछाड गर्न थालपछि मनिसहरुको चापको कारण मानिसहरु किल्चिए ।
रेल मन्त्रालयका अधिकारीहरुका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए । सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको थियो ।
यसैबीच भारत रेलवेले भागदौडमा मृत्यु भएकाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
गम्भीर घाइते भएकाहरुलाई साढे २ लाख र सामान्य घाइतेहरुलाई १ लाख रुपैयाँ दिने निर्णय भएको छ ।
यस घट्नाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय