काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसल ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा हुन । उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो ।
यस अघि शुक्रवार उपचारकै क्रममा उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।
घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।
उक्त विस्फोटमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ४ पुगेको छ । विस्फोटनमा घाइते भएका ११ जनालई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
बाँकी घाइतेको उपचार जारी रहेको अस्पताल प्रशासनले बताएको छ ।
16 Ferbury 2025, Sunday
Categorized in समाज