१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

कीर्तिपुरमा उपचारत अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई राष्ट्रपतिले भेट्ने 


प्रकाशित: आइतवार, ४ फागुन २०८१, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । पोखरा बेलुन विस्फोटका घाईते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको कीर्तिपुरको वर्न अस्पतालमा उपचार भईरहेको छ । 


उनीहरुको अवस्थाबारे बुझन आइतवार राष्ट्रपति रामचन्द्र पौडेल विहान १० बजे अस्पताल जाने कार्यक्रम भएको उनको सचिवालयले जनाएको छ ।


शनिवार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते भएका थिए । 


भिडियो लिंकः 

 


इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको थियो । 


पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।


सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex