काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको प्रहरीले बताएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा अर्का घाइते उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको हो ।
यो सँगै उक्त विस्फोटमा परि मुत्यु हुनेको संख्या ३ जना पुगेको छ । यस अघि गत सोमबार मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए ।अन्य सबै घाइतेको कीर्तिपुरस्थि बर्न अस्पतालमा उपचार जारी छ ।
14 Ferbury 2025, Friday
Categorized in समाज