काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालकिा–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जना विद्यार्थीको मत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले विद्यार्थीहरुको पहिचान भने सार्वजनिक गरिएको छैन ।
एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टचिङि अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
चाबहलिको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका वद्यिार्थी बोकेर पकिनकिका ला लाग िबा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थयिो । फर्कने क्रममा करबि ५ बजेतरि दुर्घटनामा परेको हो ।
सन्धिुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनषि माझीले उक्त बस चलाएका थएि ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पपिुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
अन्यको विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घट्नाको कारण थाहा नभएपनि ब्रेक फेल भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
12 Ferbury 2025, Wednesday
Categorized in समाज