१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

फागुन महिनाका लागि बाणिज्य बैंकहरुको ब्याजदर हेरौं


प्रकाशित: बुधवार, ३० माघ २०८१, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । 


सार्वजनिक गरिएको व्याजदरमा ग्लोबल आईएमई बैंकको ब्याजदर बढेर फागुनको लागि ६ प्रतिशत पुगेको छ । यस अघि माघमा ५.७५ प्रतिशत रहेको थियो ।


लक्ष्मी सनराइजको भने घटेको छ । माघमा ५.७५ प्रतिशत व्याजदर रहेकोमा फागुनमा ५.५ प्रतिशत पुगेको छ । 


समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै थियो ।


राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।


फागुन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमामा ब्यादर यस प्रकार रहेको छ । 


कृषि विकासको फागुन महिनाको लागि    ५.५१    प्रतिशत व्याजदर, राष्ट्रिय वाणिज्य , ६ नेपाल एसबीआई ५.५, कुमारीको    ५.९१, प्राइम कमर्सियल ६.२५, नेपाल ५.६    सानिमा, ६.०५, सिटिजन्स ५.६५, नबिल,    ५.७५ व्याजदर कायम रहेको छ । 


त्यसैगरी्, इन्भेस्टमेन्ट मेगा बैंक    ६.५, सिद्धार्थ ६, स्ट्यान्डर्ड चार्टर्ड  ६.२५, माछापुच्छ्रे   ६, प्रभु ६.१, एनएमबी    ६.६, एनआईसी एसिया    ६.६,हिमालयन ६.२५ ,एभरेस्ट    ६ प्रतिशत व्याजदर रहेको छ । यी बैंकहरुको माघ महिनामा पनि यहि व्यादर रहेको थियो ।

 

12 Ferbury 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex