काठमाडौ । रातो मच्छिन्द्रनाथबारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन भारतको असाम गुहाटी पुगेका छन ।
प्रमुख महर्जन विज्ञसहितको टोली लिएर त्यहाँ पुगेका हुन । उनको साथमा सम्मेलनमा भाग लिन रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही छन ।
भ्रमणमा सहभागी भएकाहरु रातो मच्छिन्द्रनाथको बारेमा विज्ञ भएको नगरप्रमुखले दाबी गरे । रातो मच्छिन्द्रनाथको जात्रा र रथ नेपालको मौलिक एवं लोकप्रिय जात्रा हो ।
10 Ferbury 2025, Monday
Categorized in समाज