काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णय गरेका छ ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार निर्णयहरु सार्वजनिक गरेका हुन ।
७ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस मन्त्रिपरिषदका निर्णयहरुः


22 January 2025, Wednesday
Categorized in राष्ट्रिय