काठमाडौं । काठमाडौं जिल्ला अदालतको धरौटी छाड्ने आदेशपछि पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा बुझाएर थुनामुक्त भएका छन ।
बुधबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अब लामिछाने थुना बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।
यसअघि जिल्ला अदालत कास्कीले पोखराको सुर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडियामा आएको देखिएको थियो । सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो ।
15 January 2025, Wednesday
Categorized in सहकारी