८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेलले जारी गरे ४ वटा अध्यादेश


प्रकाशित: सोमवार, २९ पुस २०८१, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार विभिन्न चार वटा अध्यादेश जारी गरेका छन । 


सोमवार राष्ट्रपति यादवले मन्त्रिपरिषद्को सिफारिसामा ४ अध्यादेशजारी गरेका हुन ।

 
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश सिफारिस मध्ये भूमिसम्बन्धी अध्यादेश भने रोकिएको छ ।


राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिन्छ ।

 

13 January 2025, Monday

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex