१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

माघ महिनाको लागि बैंकहरुको ब्याजदर सार्वजनिक


प्रकाशित: सोमवार, २९ पुस २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । बाणिज्य बैंकहरुले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गरेको छ ।


सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये तीन वटा बैंको ब्याजदर परिवर्तन भएको छ ।


नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन । 


नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ५.५ प्रतिशत दिने भएको छ भने संस्थागत निक्षेपकर्तालाई हाल ५ प्रतिशत ब्याजदर दिएकोमा अब ४.५ प्रतिशत दिने भएको हो । 


त्यसैगरी, कृषि विकास बैंकले ५.५७ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ५.५१ प्रतिशत ब्याजदर निदे भएको हो । 


लक्ष्मी सनराइज बैंकले व्याजदर बढाएको छ । पुसमा ५.५ प्रतिशत दिइरहेकोमा बढाएर ५.५७ प्रतिशत दिने भएको छ ।


नेपाल बैंकले ४.७ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ४.१५ प्रतिशत हुने भएको छ । सिटिजन्स बैंकले संस्थागत निक्षेपकर्तालाई ४ प्रतिशत ब्याजदर दिइरहेकोमा अब ४.५ प्रतिशत दिने भएको छ ।


पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर औसत ६.०१६ प्रतिशत रहेकोमा माघमा केही घटेको हो । 


माघको लागि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.००१ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन ।

 

13 January 2025, Monday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex