११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

क्यालिफोर्नियामा फैलिएको डढेलोले १६ जनाको मृत्यु


प्रकाशित: आइतवार, २८ पुस २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोले कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।


अझै नियन्त्रणमा आउन नसकेको डढेलाको कारण हालसम्म ३८ हजार एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । अधिकारीहरुका अनुसार डढेलोले १२ हजारभन्दा बढी घर तथा अन्य संरचना जलिसकेको छ ।


अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार प्यालिसेड्स, इटन, केनेथ र हर्स्टमा डढेलो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । प्यालिसेड्स क्षेत्रमा कम्तीमा २३ हजार ६ सय एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । 


प्यालिसेड्सको डढेलो हालसम्म ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ । प्यालिसेड्सको डढेलो ब्रेन्टवुड, एन्सिनो र माण्डेविल क्यान्यन जस्ता चर्चित क्षेत्रतर्फ पनि तीव्र गतिमा डढेलो सल्किइरहेको छ । त्यस्तै इटनमा १४ हजार १ सय एकडभन्दा बढी भूभागमा डढेलो फैलिएको छ ।


आगलागीका कारण लस एन्जलसमा विद्युत् आपूर्ति रोकिएको छ । लस एन्जलसका करिब ३५ हजार घरमा अहिले बिजुली छैन । डढेलोका कारण चर्चित हलिउड क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।

 

12 January 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex