१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

कुमारी बैंकले सुरु गरयो नयाँ डिजिटल सेवा


प्रकाशित: आइतवार, २८ पुस २०८१, ०९ः५८ बजे
- महानगरखवर

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लससँग क्यूआर भुक्तानीको लागि सम्झौता गरेको छ ।


योसँगैकुमारी बैंकले पनि नयाँ डिजिटल सेवा सुरु गरेको छ । अलिपे प्लससँग नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । 


यो सेवा मार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 


यस सम्झौतासँगै नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्टरअपरेबल क्यूआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।


यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन, सिंगापुर लगायत विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउने विश्वास दुवै पक्षको छ ।

 

12 January 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex