८ भाद्र २०८३, सोमबार
Header

सरकारले ल्याएको ३ अध्यादेशमा के छ ?


प्रकाशित: शनिवार, २७ पुस २०८१, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारले शुक्रबार ३ वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । 


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 
सरकारले ल्याएको अध्यादेशको प्रावधानमा सरकारी कार्यालयमा सात दिनभन्दा बढी फाइन घुमाउन नपाइने, सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने लगायतका प्रावधान छन ।


यस्तै, गैर आवासीय नेपाली नागरिकता लिएको व्यक्तिले नेपाल बस्दा १० वर्षसम्म भिसा निःशुल्क गरिने प्रावधान पनि अध्यादेशमा गरिएको छ ।


श्रमिकहरूको अवकाश उमेर बढाएर ६० वर्ष पुर्‍याउने, कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने, फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद्दामा मिलापत्र गरी पीडितलाई रकम भराउने मौका दिने लगायतका प्रावधान छ ।


अध्यादेश ल्याउने निर्णय गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए । उनी कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्यालसहितलाई लिएर शीतलनिवास पुगेका थिए ।


मन्त्रिपरिषद्को सिफारिस गरेका अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेपछि अध्यादेशले कानुनी प्रावधान पाउनेछ ।


गत ३१ भदौबाट लागू हुनेगरी संघीय संसद्को वर्षे अधिवेशन अन्त्य गरिएपनि सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेको छैन । 

 

11 January 2025, Saturday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex