१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नेपाल बैंकको ग्राहक र कर्मचारीलाई दिने छुट सेवाबारे बुद्ध एयरसँग सम्झौता


प्रकाशित: शुक्रवार, २६ पुस २०८१, १७ः२५ बजे
- महानगरखवर

काठमाडौं । नेपाल बैंकको ग्राहकलाई दिने छुट सेवाबारे बुद्ध एयरसँग सम्झौता एक सम्झौता सम्पन्न भएको छ । 


पुस २५ गते नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।


सम्झौता अनुसार बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरूमा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकका ग्राहकहरूलाई टिकट (बुद्ध एयर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएको छ ।


सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।


यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन ।

 

10 January 2025, Friday

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex