१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

एनआईएमबी बैंकलाई ‘ग्रिन क्लाइमेट फन्ड’ को मान्यता 


प्रकाशित: शुक्रवार, २६ पुस २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ‘ग्रिन क्लाइमेट फन्ड’ (जीसीएफ) बाट मान्यताप्राप्त भएको छ । 


बैंक जीसीएफबाट मान्यता पाउने नेपालकै पहिलो वाणिज्य बैंक बनेको हो । एनआईएमबीले ५ करोडदेखि २५ करोड अमेरिकी डलरसम्मका मध्यम आकार वर्गका जलवायु वित्त परियोजना व्यवस्थापन गर्न सक्षम वाणिज्य बैंकको मान्यता पाएको हो ।


‘जीसीएफबाट मान्यताबाट सम्मानित हुन पाउँदा खुसी छौं,’ एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले भने, ‘यो सम्मानले जलवायु परिवर्तन सम्बन्धी बैंकका नवीनतम र रूपान्तरणकारी परियोजनामा थप लगानी गर्न प्रेरित गरेको छ ।’


एनआईएमबीले हाल २ सय ७२ शाखा, ८१ शाखा रहित, २ सय ६६ एटीएम र ६५ एक्स्टेन्सन काउन्टर मार्फत ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

 

10 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex