१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

नेवाः विविधता विच एकता, माग अनुसार संविधान संशोधनः मन्त्री सिंह


प्रकाशित: बुधवार, २४ पुस २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेवाः विचको विविधतामा पनि एकता रहेको बताएका छन ।


बुधवार काठमाडौंको टोखामा आयोजित १५ औं नेवाः एकता दिवसको अवसरमा उपप्रधान सिंहले नेवाः समुदायको कला सँस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै नेवाःसमुदायभित्र विविधता भएपनि विविधिताभित्र एकता भएको बताएका हुन । 


‘भाषा, सँस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ । यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफ्नो भेषभूषा, कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’


सो अवसरमा उपप्रधान सिंहले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि उल्लेख गरे । 


सिंहले ‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’


यो बर्ष नेवाः देय्‌ः दबूयाको आयोजनमा नेवा एकता दिवस टोखामा मनाइएको हो ।

 

8 January 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex