काठमाडौं । नेवाः हक अधिकार स्थापितको लागि यस बर्ष काठमाडौंको टोखामा १५ औं नेवाः एकता दिवस मनाइने भएको छ ।
पुस २४ गते बुधवार (तिथि ११४५ पहेलाथ्व नवमी) टोखाको सरस्वती चोकमा भव्य रुपमा एकता दिवस मनाइने भएको आयोजकले बताएको छ ।
विहान ११ः ३० बजेदेखि दिवसको कार्यक्रम औपचारिक रुपमा सुरु हुने भएको हुँदा आयोजकले नेवाः संघ, संस्था, जातिय समूह, बजागुठीलाई सहभागी हुन अपिल गरेको छ ।
दशरथ रंगशालमा पहिलो पल्ट लाखौ नेवाः समुदायको उपस्थितीमा दिवस मनाइएको थियो ।
7 January 2025, Sunday
Categorized in समाज