१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

सातदोबाटोको अबैध कल सेन्टरमा सिआइबीको छापा, ५३ जना समातिए


प्रकाशित: मंगलवार, २३ पुस २०८१, ०९ः१० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानको छ । 


सिआइबीको टोलीले ५३ जना पक्राउ गर्नूका साथै उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोवाईल ल्यापटप बरामद गरेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले बताए । 


पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको छ । 


पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

7 January 2025, Sunday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex