१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आजबाट सार्वजनिक यातयातको भाडामा बृद्धि (हेरौं सुचि)


प्रकाशित: सोमबार, २२ पुस २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडामा  ३.३० प्रतिशतले बढाएको छ । 


सोमबार (आज) बाट लागु हुने गरी यातायात व्यवस्था विभागका यात्रबाहक सवारी साधनको सवारी भाडाको बृद्धि गरेको हो । 


पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।


पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।


भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए ।


डिलक्सले २० प्रतिशत थप भाडा लिन सक्ने विभागले जनाएको छ । 


तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ ।


यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ ।


नयाँ भाढाबृद्धि दर हेर्न क्लिक गरौं 

 

 

6 January 2025, Sunday

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex