काठमाडौं । गत श्रावणदेखि मंसिरसम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आर्थिक बर्ष २०८१/०८२ को श्रावणदेखि मंसिरसम्म विभिन्न जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने घाइते ५९९ रहेको छ ।
हात्तिको आक्रमणबाट ६ जनाको मृत्यु, घाईते १४ जना र उद्दार ३ जनाको गरिएको छ ।
गैडाको आक्रमणबाट ४ जनाको मृत्य, घाइते १४ जना, उद्दार ४ जना गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्पको टोकाइबाट ७० जनाको मृत्यु, घाइते ५३२ जना र २३६ उद्दार गरिएको छ ।
बाघको आक्रमणबाट ३ जनाको मृत्यु, २४ जना घाइते र ११ जनाको उद्दार भएको छ ।
भालुको आक्रमणबाट घाइते १५ जना र २ जनाको उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
यस कार्यमा प्रहरीले एक हजार ८३५ जना प्रहरी परिचालन गरेका थिए । साथै प्रहरी यसरी जनावरबाट हुने जोखिमबाट बाच्न सावधानी अपनाउन आग्रह गरेको छ ।
6 January 2025, Sunday
Categorized in समाज