१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

स्टार्टअप उद्यम कर्जाका लागि १ हजार ३ सय १४ वटा परियोजना छनौट


प्रकाशित: सोमवार, २२ पुस २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माग गरेको स्टार्टअप उद्यम कर्जाका लागि आवदेन परेकामध्ये १ हजार ३ सय १४ वटा परियोजना छनौट गरिएको छ । 


प्रतिष्ठानले भदौ ११ मा सूचना सार्वजनिक गर्दै २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।


स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीले परियोजना प्रस्ताव पेस भएका मध्ये एक हजार ३ सय १४ परियोजना दोस्रो चरणको मूल्यांकनका लागि छानिएका हुन्‌ ।


छानिएका परियोजनाले आगामी पुस २८ देखि चैत ११ सम्म व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण गरेपछि अन्तिम सुचि प्रकाशन गरिनेछ ।   स्टार्टअप कर्जाका लागि प्रतिष्ठाको कार्यविधिमा उद्योग व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोडभन्दा बढी ननाघेको र सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेका मात्रै योग्य हुने उल्लेख छ । 


कार्यविधि अनुसार प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाका उद्यमहरूले मात्र यो कर्जा पाउने छन । 


छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्‌ । यो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । 


कार्यविधिबमोजिम बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना धितोका रूपमा राख्नुपर्नेछ । व्यवसाय वा परियोजनाको बिमा भने उद्यमीले स्वयं गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।


सरकारले गत आर्थिक वर्ष विनियोजन विधेयकअनुसार आएको ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ अनुसार १ सय ८३ परियोजना छानिएका थिए ।

 

6 January 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex