४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

न्युरोडको कपडा पसल र सहकारीबाट ८ लाख बराबरको धनमाल चोरी


प्रकाशित: शुक्रबार, ८ भाद्र २०७५, १७ः०२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको न्यूरोडस्थि एक कपडा पसल र सहकारीबाट नगद तथा सुनगरी करिव ८ लाख ७८ हजार रुपियाँ बराबरको धनमाल चोरी भएके प्रहरीले जनाएको छ । 


काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित धनुषा जनकपुर उपमहानगरपालिका–१४ घर भएका अशोक गोयलको कपडा पसलबाट बिहीबार नगद १ लाख रुपैयाँ चोरी भएको छ भने सोही स्थानमा संचालित क्यापिटल सेभिङ एण्ड को–अपरेटिभ प्रालिबाट नगद ३ लाख २९ हजार ६ सय ६० रुपैयाँ नगत तथा सुनको सिक्का १ तोला बराबरको ८ वटा चोरी भएको छ ।

 
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



asteriskhubs
Home Page Bottom Second


maharjan complex