काठमाडौं । काठमाडौंको धोबीखोलामा बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा कार खसेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आइतबार बिहान काठमाडौं महानगरपालिका–२१ स्थित मदन भण्डारी कलेजनजिक उक्त कार खसकेको हो ।
अनामनगरबाट बानेश्वर जाँदै गरेको कार ललितपुर महानगरपालिका–१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए । उनी सकुशल रहेको छ ।
अहिले कार खोलाबाट निकाल्ने काम भइरहेको छ ।
5 January 2025, Sunday
Categorized in समाज