२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कामपा– २७ वडाद्धारा पच्चीस जना व्यक्तित्वहरु सम्मानित (भिडियो) 


प्रकाशित: शनिवार, २० पुस २०८१, १७ः४० बजे
- अजय कुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा– २७ ले समाजका विभिन्न क्षेत्रमा योगदान पुराएका २५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।


शनिवार बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यमा उनीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष योगेशकुुमार खड्गीले जानकारी दिए । 


सम्मानति व्यक्तित्वहरुलाई प्रमुख अतिथी लामाले प्रमाणपत्र, कार्यक्रममा विशेष अतिथी काठमाडौं महानगरपलिका प्रवक्ता नविन मानन्धरले पुुष्पगुच्छा दिएर सम्मान गरिएको थियो ।

 
सो अवसरमा प्रमुख अतिथी लामाले सम्मानित सबैलाई धन्यवाद दिँदै बागमति प्रदेशले भाषिक क्षेत्रमा एक महत्पूर्ण निर्णय गरेको उल्लेख गरे । 


भिडियोः 

 

 


उनले अहिले बागममति प्रदेशमा नेवाः र तामाङ भाषा कामकाजी भाषाको रुपमा लागु गरेको स्मरण गरेका थिए ।


त्यसैगरी, विशेष अतिथि मानन्धरले पनि सम्मानित हुनेहरुलाई विशेष धन्यवाद दिँदै उज्जवल भविष्यको कामना गरे ।


कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष खड्गीले कार्यक्रममा उपस्थिती हुने सहभागी लगायत सम्मानित सबैलाई  विशेष धन्यावाद दिएका थिए । साथै मुख्यमन्त्री लामालाई वडा अध्यक्ष खड्गीले मायाको चिनो समेत प्रदान गरेका थिए । 

 


सम्मानति हुने व्यक्तित्वहरुः


१) अमिरमान राजभण्डारी, विभागिय प्रमुख (सहसचिव)


२) निर्मल श्रेष्ठ (उद्योग क्षेत्रमा योगदान)


३) ज्ञानेन्द्र रत्न तुलाधार (उद्योग क्षेत्रमा योगदान)


४) भिमसेन दास प्रधान (पूर्व रक्षामन्त्री, राजनीति)


५) विजय नारायण मानन्धर( पूर्व वडा अध्यक्ष)


६) चिनिया मान बज्रचार्य ( पूर्व वडा अध्यक्ष)


७) त्रिरत्न मानन्धर ( महाननिर्देशक, हवाई विभाग)


८) नुर कुमार ताम्रकार (इन्जिनियर)


९) सुुर्यरत्न ताम्रकार (प्राधिकरण प्रबन्धक)


१०) रत्नतारा ताम्राकार ( नेपाल भाषा साहित्यकार)


११) सरोज राज कर्णिकार ( शहरी विकास मन्त्रालय) 


१२) दिव्यतारा तुलाधर ( उद्यमी) 


१३) लोचनतारा तुलाधर ( नेपाल भाषा साहित्यकार)


१४) किरण डंगोल ( इन्जिनियर)


१५) दिपक तुलाधर ( नेपाल भाषा प्रशिक्षक) 


१६) भिमरत्न तुलाधर ( गायककार )


१७) रविन्द्र लाल प्रधान ( हाडजोर्नी चिकित्सक)


१८) डा. शैली प्रधान ( दन्त चिकित्सक)


१९) डा. विनय बैद्य ( चर्मरोग विशेषज्ञ)


२०) चंगेजलाल श्रेष्ठ ( फुटवल खेलाडी)


२१) अमृत महर्जन ( नेपाल एयरलायन्स, पाइलट)


२२) विपेन्द्र महर्जन ( बास्केटवल खेलाडी)


२३) दिव्या ताम्रकार ( नापाल भाषा साहित्यकार) 


२४) रोतिका भण्डारी ( शिक्षा क्षेत्र)


२५) रेविका भण्डारी (शिक्षा क्षेत्र) लाई विशेष सम्मान गरिएको हो । 

 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

4 January 2025, Saturday

asteriskhubs
Home Page Bottom Second


maharjan complex