४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

त्रिभुवन विमानस्थलको आम्दानी १२ अर्व ६६ करोड, अरुको कति ?


प्रकाशित: शुक्रवार, १९ पुस २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा १२ अर्ब ८६ करोड ६६ लाख आम्दानी गर्न सफल भएको छ । 


नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को उक्त आम्दानी हो । 


अरु विमानस्थालहरुमा पोखराले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ  भने यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । 


हरौ अन्य विमानस्थलको आम्दानी


४) विराटनगर विमानस्थलको बार्षिक आम्दानी १७ करोड ५६ लाख


५) नेपालगञ्ज विमानस्थलको १३ करोड ११ लाख


६) चन्द्रगढी विमानस्थलको ८ करोड १७ लाख


७) धनगढी विमानस्थलको  ६ करोड ५६ लाख


८) भरतपुर विमानस्थलको ६ करोड ३९ लाख


९) लुक्ला विमानस्थलको ६ करोड २३ लाख


१०) जनकपुर विमानस्थलका  ६ करोड १२ लाख आम्दानी रहेको छ । 


सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ ।


3 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika