काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा सेवाग्राहीको लागि विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकले फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्ट लक्षित योजना सार्वजनिक गरेको हो ।
योजनाबाट सेवाग्राहीले क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने अवसर रहेको बैंकले जनाएको छ । यो योजना १८ पुसदेखि १८ माघसम्म सञ्चालन हुनेछ ।
योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आवद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजनाअवधिमा १८० रुपैयाँ वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोड मार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० रुपैयाँ क्यास्ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।
योजना अवधिभरि क्यूआर कोड मार्फत भुक्तानी लिने मर्चेन्टमध्ये प्रत्येक हप्ता १ जना भाग्यशाली मर्चेन्टले स्मार्टफोन उपहार प्राप्त गर्नेछन् ।
बम्पर उपहारमा १ जना भाग्यशाली मर्चेन्टले ३ महिना अवधि भएको १ लाख रकमको मुद्दती खाता योजना जित्नेछन् ।
3 January 2025, Friday
Categorized in बैंक