काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ जागिरको अवसर खुलेको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गरेको हो ।
सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक र १४ जना चर्मकर्मीका लागि आवेदन आह्वान गरेको हो ।
ती ओहोदाका लागि योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म कार्यालय सशस्त्र प्रहरी बलले निर्धारण गरेको विभिन्न कार्यालयहरूमा उपस्थित भएर फाराम बुझाउनु पर्नेछ ।
आवेदन माग सुचनाः


3 January 2025, Friday
Categorized in समाज