११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

प्रभू बैंकले नयाँ बर्षसँगै सुरुवात गरे डिजिटल काउन्टर


प्रकाशित: विहिवार, १८ पुस २०८१, १०ः१६ बजे
- महानगरखवर

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ बर्षको अवसरमा डिजिटल काउन्टर सेवा सञ्चालनमा ल्याएको छ ।


बैंकले अंग्रेजी नयांँ वर्ष २०२५ को सुरूवातसँगै विद्युतीय कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्लबु सञ्चालनमा ल्याएको हो । 


बैंकले यो सेवा हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको छ । 


उक्त काउण्टर मार्फत नगद जम्मा गर्न, नगद रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटिएम तथा विभिन्न केआइओएसके मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेन्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।


अब कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ । 


2 January 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex