९ भाद्र २०८३, मंगलबार
Header

भीम रावलले ओलसँग जवाफ माग्दै ‘उदारवादी विचारधारा’ पार्टी बनाउने घोषणा गरे


प्रकाशित: बुधवार, १७ पुस २०८१, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । नेकपा (एमाले)का पुर्व उपाध्यक्ष रहेको भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ मागेका छ ।


पार्टीबाट निकालिएपछि रावलले बुधवार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोधेका छन । 


उनले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पनि ओलीले नै दिनुपर्ने बताएका छन । 


‘कुनै संस्थामा कार्यरत व्यक्ति वा त्यसको सदस्यलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरीत काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि र पर्नसक्ने असरलाई ध्यानमा राखेर पहिले छलफल वा कुरा गरिन्छ । राजनीति त झन आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा संचालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ। निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत लिखित रुपमा कसैसंग स्पष्टीकरण सोध्नु अघि कुरा गर्ने सामान्य परिपाटी छ । यस्तो सामान्य परिपाटी विपरीत केपी शर्मा ओलीबाट म जस्तो पार्टीमा पाँच दशक अनेकौं जिम्मेवारी र योगदान गरेको व्यक्तिसंग छलफल र कुरा नगरी सोधिएको कथित स्पष्टिकरण प्रथम दृष्टिमा नै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ,’ उनले भनेका छन् । 


‘अतः यस्तो कथित स्पष्टीकरणको मैले जवाफ दिनुभन्दा स्वयं केपी ओलीले नै नेकपा (एमाले) को देशभक्त, इमान्दार पंक्ति र नेपाली जनतालाई थुप्रै प्रश्नहरुको जवाफ दिनुपर्ने देखिएको छ,’ उनले भनेका छन्।


‘यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्काशित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले संचारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले ‘भीम रावललाई हामीले निकालेका होइनौं आफै छोडेर गएको हो’ भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ? कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो?,’ उनले भनेका छन ्।


एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् ।


उनले कम्युनिस्ट, गरैकम्युनिस्ट विचार अटाउने ‘उदारवादी विचारधारा’ भएको पार्टी गठन गर्ने गृहकार्यमा लागेका रावलले पत्रकार सम्मेलनमा बताए । 


उनले देशको हितको पक्षमा काम गर्ने अभियान चलाउने जानकारी दिए । प्रमुख दलहरु पद र सत्ताको स्वार्थमा लागेको आरोपसमेत लगाए । 


’देश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तया सरकार पदको भागबन्ड र निहित स्वार्थको साधनमा झारिएको छ,’ उनले भने, ’राजनीतिक परिवर्तनपछि जनताको जे अपेक्षा र आकांक्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् । घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा (एमाले) लाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन र गन्तव्यहीन बाटोमा धकेलिएको छ ।’


उनले देशभक्तिपूर्ण भावना र चेतले मुक्त जनमत र सरकारको आवश्यकता भएको बताए । 


उनले मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने दाबी गरे ।


1 January 2025, wednesday
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex