काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ सरुवा भएका छन ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको हो । यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए।
यस अघि कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबार अवकाश भएपछि उनको ठाउँमा तामाङलाई पठाइएको हो ।
1 January 2025, wednasday
Categorized in समाज