काठमाण्डौ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य मंगलबारबाट सेवानिवृत (अवकाश) भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेको बज्राचार्यलार्य सोमवार बिशेष समारोहबीच बिदाइ गरिएको थियो ।
सो अवसर प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गरे ।
उनले सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक बज्र्राचार्यले आगामी दिनमा समेत संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक सेवा निबृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिने बताईन ।
सो अवसरमा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य सेवा अवधि भर कुशल प्रशासक तथा सक्षम नेतृत्वकर्ता भएको जिकिर गरे ।
सो विदाई कार्यक्रममा प्रहरी नायव महानिरीक्षक राउत तथा मातहत कार्यालयका कार्यालय प्रमुखले प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयक तथा मातहतका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, लगायत अन्य प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआइजी ५६ वर्षको उमेरमा अवकाशमा जाने प्रावधान छ।
Categorized in अन्तर्राष्ट्रिय