काठमाडौं । अंग्रेजी बर्ष सन २०२४ मा नेपालमा ११ लाख ४७ हजार २४ पर्यटक नेपाल आएका छन ।
नेपाल पर्यटन बोर्डका अनुसार यो अपडेट आज बिहानसम्मको हो । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताए ।
सन २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको उनको भनाई छ ।
सन २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
Categorized in बजार