२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरका जनप्रतिनिधिहरु सम्मानित


प्रकाशित: सोमवार, १५ पुस २०८१, १३ः३० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको १६ औँ नगरसभामा ३० औँ महानगर दिवस २०८१ का अवसरमा जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।


सम्मानित हुनेहरुमा काठमाडौं महानगर वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी लाई स्थानीय सेवा गौरव पुरस्कारबाट सम्मानित गरियो ।


त्यसैगरी, सो पुरस्कारबाट वडा नं. ४ का अध्यक्ष दिनेश महर्जन, वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नं. ६ का अध्यक्ष भवन लामा, वडा न. १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं. १६ का वडा सदस्य पुष्प महर्जन पनि सम्मानित भएका छन ।


यस्तै वडा नं. ८ का सदस्य राज्यलक्ष्मी भुषाल, वडा नं. १० का सदस्य सुनिता भित्रकोटी, वडा नं. १७ का सदस्य कमला महर्जन र वडा नं. ३१ का सदस्य सान्नानी मिजारलाई साधना प्रधान अग्रणी महिला पुरस्कारबाट सम्मानित गरियो । 


वडा नं. ११ का सदस्य सरोजकुमार मुल्मी र वडा नं. २ का सदस्य ईश्वरी परियारलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट सम्मानित गरियो ।


सम्मानित हुनेहरु सबैलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलले सम्मान गरेका थिए । 


नगर सभाको १६ औँ अधिवेशनबाट बजेट संशोधन पारित


नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ । 


प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको १६ औँ अधिवेशनले उपप्रमुख एव वजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेश गरेका कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको हो । यस अनुसार ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ वजेट विनियोजन भएको आर्थिक विकासको क्षेत्रमा ७२ करोड ४३ लाख ७१ हजार वजेट कायम गरिएको छ । 


३ अरब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ वजेट विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अरब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गरिएको छ । 


१२ अरब १ करोड ९३ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको पूर्वाधार विकासको क्षेत्रमा ११ अरब ८७ करोड ५१ लाख ३८ हजार रुपैयाँ कायम गरिएको छ ।


सभाबाट ५ अरब ४८ करोड ८६ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकासका क्षेत्रमा ५ अरव ३५ करोड ३३ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ । 


२ अरब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ३ अरब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ । 


नगर सभाको १५ औँ अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । 


यसमध्ये २०८१ पुस ११ गतेसम्ममा ४ अरब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । यो रकम विनियोजनको १६.१० प्रतिशत हो । खर्चलाई प्रतिशतमा हेर्दा चालुतर्फ २३.५८ प्रतिशत र पूँजीगततर्फ १०.९२ प्रतिशत भएको छ । 


यस अवधिमा पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ । त्यसै गरी सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ७.९२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.५४ प्रतिशत खर्च भएको छ ।


चालु आर्थिक वर्ष १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय हुने लक्ष्य राखिएकोमा आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ छ । 


पुस ११ गतेसम्ममा ४ अरब ९ करोड ८९ लाख ३६ हजार रुपैयाँ आन्तरिक, राजस्व वाँडफाँड र सशर्त अनुदान वापत प्राप्त भएको छ । यसमा आन्तरिकतर्फ कुल २ अरब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 


राजस्व वाँडफाँडवाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको छ । आम्दानीको लक्ष्यमध्ये अहिलेसम्ममा ३१.०७ प्रतिशत प्राप्त भएको छ । आन्तरिकतर्फ लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको छ । 


आजको सभाले २०७३/०७४ देखि २०७९/०८० सम्म नियमित गराउनु पर्ने र सम्परीक्षण गराउनु पर्ने वेरुजु रकममध्ये २३ करोड ५८ लाख १८ हजार ११० रुपैयाँ नियमित गराउन तथा सम्परीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा पेश गर्न पठाउने निर्णय गरेको छ ।


लेखा समितिका संयोजक गायत्री पुडासैनीले सभामा पेश गरे अनुसार महालेखा परीक्षकको कार्यालयकोे प्रतिवेदनले औँल्याएको फस्र्योट हुन बाँकी बेरुजुमध्ये २ करोड ७० लाख ९९ हजार ७५६ हजार रुपैयाँ नियमित गराउन र २० करोड ८७ लाख १८ हजार ३५४ रुपैयाँ सम्परीक्षण गराउन प्रमाण प्राप्त भएकोले फस्र्योट प्रक्रियाका लागि सभामा पेश गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex