काठमाडौँ । निर्मला पन्त हत्याकाण्डलाई लिएर प्रदर्शनमा उत्रेकाहरुमाथि सरकारले गरेको गोली प्रहारको घट्नाको विवेकशिल शाझा पार्टीले विरोध गरेको छ ।
पार्टीले एक विज्ञप्ती जारी गरी विहिबार कञ्चनपुरमा भएको घट्नाको दोषीलाई कारवाही गरी घाईतेको निःशुल्क उपचारको सरकारसँग माग गरेको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौडलेले शुक्रबार जारी गरेको विज्ञप्तीमा मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।
गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मकरूपमा लिएको बताउँदै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यागरेपछि उनका आफन्त र स्थानीयले लगातार हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गरिरहेको छ ।
Categorized in समाज