१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

स्व. पिएल सिंहको सालिक निर्माण गर्ने काठमाडौं महानगरको घोषणा


प्रकाशित: आइतवार, १४ पुस २०८१, १८ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक निर्माण गर्ने घोषणा गरेका छन । 


आइतवार महानगरको १६ अधिवेशनमा प्रमुख बालेन्द्र  शाह(बालेन)ले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका हुन । 


स्व. पिएल सिंहको सम्झनामा काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रिय सभा गृह परिसरमा पूर्णकदको सालिक निर्माण गर्ने घोषणा प्रमुख बालेन शाहले उक्त नगरसभामार्फत घोषणा गरे । 


नगरसभाको अन्त्यमा पिएल सिंहको सम्झनामा एक मिनेट मौन धारणा समेत गरिएको थियो । 


सभामा पिएल सिंहको नाममा मौन धारण नगरेकोमा काठमाडौं १२ वडाका सदस्य पुुष्परत्न प्रजापतिले दुःख व्यक्त गरेका थिए । 


पिएल सिंहको ८८ वर्ष उमेरमा पुस १ गते चाक्सीबारीमा निधन भएको थियो । 


सिंह प्रजातन्त्र पुनस्र्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex