१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

कोटेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ


प्रकाशित: आइतवार, १४ पुस २०८१, १४ः४० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वरबाट एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ । 


आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट ती युवकलाई पक्राउ परेका हुन । 


काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का पक्राउ परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले बताए । 


प्रहरीले उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरेको हो ।


प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex