१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार फोनिजलाई प्रदान


प्रकाशित: आइतवार, १४ पुस २०८१, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)लाई संस्थागत रुपमा प्रदान गरिएको छ ।


नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो । नेपाली पत्रकारहरुलाई पहिलो पटक संंगठित गरी त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठको १०९ औं जन्मजयन्तीको अवसरमा सो समारोहको आयोजना गरिएको थियो।


समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईलाई पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले फुलमाला पहि¥याई नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सम्मानपत्र प्रदान गर्नुभयो। त्यसैगरी स्वर्गीय श्रेष्ठकी छोरी सुजिता श्रेष्ठ मानन्धरले २५ हजार रुपैयाँ नगद राशि प्रदान गर्नुभएको थियो।


गृष्मबहादुर देवकोटाद्वारा लिखित नेपाली छापाखानाको इतिहास नामक पुस्तकमा वि।सं २००८ साल जेठ महिनामा नेपाल पत्रकार संघ स्थापना गरी नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक स्वर्गीय श्रेष्ठ रहेको उल्लेख गरिएको छ । २०१२ साल चैत्र १६ गते नेपाल पुकारका तत्कालीन सम्पादक एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई उपाध्यायको नेतृत्वमा गठित नेपाल पत्रकार संघ २००८ सालमा गठित संघको पुनःगठन मात्र रहेको तर्क गर्दै आएको छ ।२०१२ साल चैत्र १६ गते नेपाल पत्रकार संघ गठन गरिएको आधारमा अध्यक्ष भट्टराईलाई संस्थापक अध्यक्ष भन्ने गरिएको छ ।


सोही आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न माग गर्दै पत्रकारहरुको संगठित इतिहासको पुनःलेखनको खाँचो औल्याउँदै पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको पृष्ठभूमीमा सो पुरस्कार स्थापना गरिएको हो।सो दिशामा महत्वपूर्ण योगदान पु¥याए वापत फोनिजलाई संस्थागत रुपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।फोनिजको पोखरामा सम्पन्न पाँचो महाधिवेशनले सो एजेण्डालाई संस्थागत रुपमा पारित गरी सोअ अभियान देशव्यापी रुपमा अघि बढाएको थियो। फोनिजकै नेतृत्वमा देशभरका पत्रकार महासंघको जिल्ला शाखामा ज्ञापनपत्र बुझाउने र महासंघका अध्यक्ष विपुल पोखरेलको कार्यकालमा सो एजेण्डालाई विधान सभामा छलफल गराउने तहसम्म प्रवेश गराएको थियो।


पत्रकार राष्ट्रिय दबूले २०७६ सालदेखि श्रेष्ठको जन्मजयन्ती मनाउने र गत वर्षदेखि पुरस्कार दिन थालिएकोे थियो । गत वर्ष सो पुरस्कार वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरिएको थियो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले स्वर्गीय श्रेष्ठको इतिहासलाई उपेक्षा गरेर पत्रकार महासंघले सत्यलाई स्वीकार गर्न नचाहेको बताउनुभयो । यसले महासंघको नैतिक धरातललाई सदैव प्रश्नको घेरामा रहिरहने पनि उहाँको भनाई थियो।


सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सचिव राजु नापितले स्वर्गीय श्रेष्ठको योगदानलाई फैलाउन पत्रकार दबूले हरेक वर्ष विविध कार्यक्रम गर्दै आएको बताउनुभयो । समारोहमा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले पत्रकार महासंघको विधान अधिवेशनमार्फत यस बहसलाई टुंग्याउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा हालैसम्पन्न पत्रकार महासंघमा निर्वाचित दबूका सदस्यहरुलाई सम्मान गरिएको थियो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex