काठमाडौं । काठमाडौको मुख्य नाका कलंकीमा जस्तै नयाँबानोश्वर र कोटेश्वरमा पनि सरकारले अण्डरपास निर्माण गर्ने तयारी गरेको छ ।
सडक बिभागले सव–वे अण्डरपासको लागि परामर्शदाता छनौटको लागि आशायपत्र आव्हान गरेको छ ।
बानेश्वरमा मध्य लेनहरुबाट माइतिघर–तीनकुने खण्डमा आउजाउ गर्ने सवारीलाई अन्डरपास प्रयोगको सुविधा दिने गरी निर्माण गर्न लागिएको हो ।
सडड विभागले चार बर्षभित्रै प्रस्तावित अन्डरपास तयार गर्ने योजनाका साथ डिजाइन तयार गर्ने कम्पनी छनोट गर्न लागिएको हो । नयाँबानेश्वरमा कुनै समस्या नभएपनि कोटेश्वरमा अण्डरपासको लागि अलमल देखिएको छ ।
पयर्टन मन्त्रालयले विमास्थल मुनिबाट अण्डरपास गर्न नदिने यस अघि जनाईसकको कारणले गर्दा पनि अन्यौलता देखिएको छ ।
सडक विभाग भने यसअघि पर्यटनमन्त्रीसँग भएको छलफल सकारात्मक भएपछि नै काटेश्वरमा अन्डरपास निर्माणका लागि आशयपत्र आह्वान गरिएको बताउँछ ।
Categorized in समाज