काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसले बिएएलएलबी पढाइमा शुल्कवृद्धि गरेपछि विद्यार्थीहरुले विरोध गरेको छ ।
क्याम्पसले झन्डै डेढ लाख रुपैयाँले शुल्कवृद्धि गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन ।
क्याम्पसले पुस १० गते बिएएलएलबी २०८१ को भर्नासम्बन्धी सूचना निकालेको सूचनामा नयाँ शैक्षिक सत्रबाट लागु हुने गरी पाँच लाख २३ हजार ६ सय ५० रुपैयाँ लाग्ने उल्लेख गरिएकोमा स्वतन्त्र विद्यार्थी युनियनले विरोध गरेको हो ।
शैक्षिक सत्र २०८० सम्म बिएएलएलबी पढ्न तीन लाख ७६ हजार ६ सय १० रुपैयाँ शुल्क थियो । अव्यवहारिक रूपमा शुल्कवृद्धि गरिएको भन्दै स्ववियु र विद्यार्थी संगठनहरूले संयुक्त रूपमा क्याम्पसमा तालाबन्दीसमेत गरेका छन ।
शैक्षिक सत्र २०८० सम्म कायम गरिएकै शुल्कमा पठनपाठन सुरू गर्नुपर्ने माग विद्यार्थीहरूको छ। सोहीअनुसार भर्ना सुरू नभएसम्म अहिले भइरहेको भर्ना रोक्नुपर्ने उनीहरूको माग छ ।
स्ववियु अध्यक्ष विष्णु ढुंगेल, उपाध्यक्ष गोविन्द शाह, सविच मनोज सिंह लगायतल विद्यार्थी नेताहरुले विहिवार विज्ञप्ती जारी शुल्क बृद्धिको विरोध जनाएका हुन ।
विज्ञप्ती

Categorized in समाज