काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन ।
प्रम ओलीले सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर राखेर गहिरो भावपूर्ण शोक व्यक्त गरेका हुन ।
नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उनले उल्लेख गरेका छन ।
मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन ।
सिंहको बुधवार राती भारतको एम्स अस्पतालमा निधन भएको थियो ।
Categorized in राष्ट्रिय