काठमाडौं । नेपाली कांग्रेसको क्षेत्र नं. ८ का क्षेत्रिय प्रतिनिधिहरुको भेला सम्पन्न भएको छ ।
विहिवार काठमाडौंमा राष्ट्रिय सभा सदस्य तथा कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो ।
कांग्रेसका १०० दिने विशेष अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा क्षेत्रीय प्रतिनिधि भेलाको आयोजना गरिएको थियो ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ८ का सभापति राजेश कुमार श्रेष्ठको सभापतित्वमा उक्त भेलाको आयोजना गरिएको हो ।
नेपाली कांग्रेसले १०० दिने विशेष अभियान माघ १६ गतेसम्म सञ्चालन गर्ने गरी समय थप गरेको हो ।
केही जिल्लाहरूमा १०० दिने विशेष अभियान ढिला सुरू भएकोले माघ १६ गतेसम्म सक्न समय थप गरिएको हो ।

कांग्रेसले यस अभियान असोज ७ गते सुरू गरेको थियो । यो अभियान राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन पुस १६ गते समापन गर्ने तयारी गरिएको थियो ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी सांगठनिक गतिविधि प्रभावकारी बनाउन असोज ७ गतेदेखि पुस १६ गतेसम्म १०० दिने विशेष अभियान चलाउने निर्णय गरेको थियो ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज