१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

यी बैंक तथा कम्पनीहले कति प्रतिशत लाभांश दिँदै 


प्रकाशित: विहिवार, ११ पुस २०८१, १३ः३० बजे 
- महानगरखवर

काठमाडौं । बैंक तथा कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने व्यवस्थाअनुसार साधारणसभा बोलाइसकेका छन् ।


सोही साधारणसभा लगानीकर्तालाई लाभांश दिने प्रस्ताव लैजाने गर्दछ । साधारणसभा गर्नका लागि २१ दिनअघि नै सार्वजनिक सूचनामार्फत सेयरधनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।


सो लाभांश सभाले स्वीकृति गरेपछि लगानीकर्ताले पाउँछन् । सेयर बोनस डिम्याट खातामा र नगद सिधै बैंक खातामा जम्मा हुने गरेको छ ।


लाभांश घोषणा गरेकोहरुमा ३ वाणिज्य बैंक, ६ विकास बैंक, २ फाइनान्स र ९ वटा माइक्रोफाइनान्स कम्पनी छन् । 


त्यस्तै हाइड्रोपावर कम्पनी ५, लगानी समूहका २, उत्पादन समूहका ४ कम्पनी छन् ।


कृषी विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ७.५३ नगद लाभांश दिने भएको छ भने बुक क्लोज पुस १६ गते गर्ने भएको छ ।


पुस १४ गते बुक क्लोज गर्ने सिद्धार्थ बैंकले ४ प्रतिशत मात्र लाभांश दिने, लक्ष्मी सनराईजले बोनस सेयर ५ र नगद लाभांश ०.२६ प्रतिशत दिने भएको छ भने बुक क्लोज पुस १७ गर्ने गर्ने जनाएको छ ।


विकास बैंकहरुमा लुम्बिनी विकास बैंकले ३ प्रतिशत बोनस सयेर र ४ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस १९ गते बुक क्लोज गर्दैछ ।


पुस १८ गते बुक क्लोज गर्ने गरिमा विकास बैंकले नगद लाभांश ५ प्रतिशत दिने तथा बोनस सेयर उल्लेख गरेको छैन । 


ग्रीन डेभलेपमेन्ट बैंकले ५.७५ प्रतिशत बोनस सेयर र नगद लाभांश ०.३ प्रतिशत दिएको बुक क्लोज दिन खुलाएको छैन । 


सांग्रिला विकास बैंकले ३.६५ बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश, बुक क्लोज पुस १७ मा, महालक्ष्मी विकास बैंक ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश, पुस १६ गते बुक क्लोज, मितेरी डेभलपमेन्ट बैंक ९.५ प्रतिशत बोनस सेयर र ०.५० प्रतिश नगल लाभांश, पुस १६ गते बुक क्लोज गर्ने भएको छ । 


त्यसैगरी, आइसीएफसी फाइनान्सले नगद लाभांश ५.२६ प्रतिशत मात्र दिने भएको छ र पुस १७ गते बुक क्लोज गर्दैछ । श्री इन्भेष्टमेन्ट फाइनान्सले १.८६ बोनस सेयर र ०.०९ प्रतिशत नगद लाभांश उपलव्ध गराउने र पुस १९ गते बुक क्लोज गर्ने भएको छ । 


कम्पनीहरुमा आत्मनिर्भरले बोनस सेयर १४.२५ प्रतिशत र नगद लाभांश ०.७५ दिने र बुक क्लोज पुस १६ गते गर्ने भएको छ । 


नेस्डो समृद्धिले पनि आत्मनिर्भर जस्तो बोनस र लाभांश दिने भएको छ । त्यसैगरी मेरोले बोनस सेयर ७.५ प्रतिशत र नगद लाभांश ०.३९ प्रतिशत दिने भएको छ । पुस १९ गते बुक क्लोज गर्ने भएको छ । 


पुस १७ गते बुक क्लोज गर्ने डिप्रोक्सले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश दिने छ, पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ ।


कालिकाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश दिने र पुस १९ गते बुक क्लोज गर्ने भएको छ । 


पुस १७ गते बुक क्लोज गर्ने छिमेकले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।


साना किसानले बोनस सेयर १३.३ प्रतिशत र ०.७ प्रतिशत नगद लाभांश, बुक क्लोज पुस १७ मा, जिवन विकासले बोनस सेयर १४ प्रतिशत र ०.७६ नगद लभांश र बुक क्लोज १६ गते गर्ने भएको छ ।


सूर्योदय बोमीले ६ प्रतिशत बोनस सेयर, नगद लभांश ०.९६ र बुक क्लोज पुस २१ मा गर्ने भएको छ ।


नागरिक लागनी कोषले ७ प्रतिशत बोनस सेयर र नगद लाभांश ६ प्रतिशत र बुक क्लोज पुस २२ गते गर्ने भएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex