८ भाद्र २०८३, सोमबार
Header

संविधान संशोधनका लागि कार्यदल गठन


प्रकाशित: विहिवार, ११ पुस २०८१, १२ः३० बजे 
- महानगरखवर

काठमाडौं । सत्तागठबन्धन दुई प्रमुख दल कांग्रेस र एमाले सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले संविधान संशोधनका लागि ३ वटा कार्यदल निर्माण गरेको छ ।


संयन्त्रको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको संयन्त्रको बैठकले कार्यदल बनाएको हो ।


संविधान संशोधनका लागि आवश्यक समीक्षासहित विषयवस्तु पहिचान गर्न गठन गरिने कार्यदलका लागि भने सत्तारूढ दुवै दलले नाम दिन बाँकी छ ।


उक्त कार्यदलले संविधान शंशोधनसँगै कानुन निर्माणमा गृहकार्य गर्ने संयन्त्रले जनाएको छ । 


औद्योगिक र व्यापारिक क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा बाधक रहेका कानुनको खारेजी र संशोधन गर्ने विषय पहिचान गर्न कानुनी पृष्ठभूमि रहेका विज्ञ समूहको कार्यदल बनेको छ ।


यो कार्यदलले संघीयता कार्यान्वयन र सेवा प्रवाह छिटोछरितो बनाउन आवश्यक कानुन निर्माणमा पनि सहजीकरण गर्ने गृहमन्त्री रमेश लेखकले बताए ।


संसद्मा विचाराधीन विधेयकलाई ‘फास्ट ट्र्याक’ बाट अघि बढाउन कांग्रेस र एमालेका प्रमुख सचेतकसहित पार्टीका एक/एक सदस्य रहेको अर्को समिति गठन गरिएको छ । समितिमा प्रमुख सचेतकसँगै एमालेबाट योगेश भट्टराई र कांग्रेसबाट जीवन परियार छन्‌ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex